२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


रकम हिनामिना गर्ने परिचालिका विरुद्ध मुद्दा, घुस लिँदालिँदै सुपरभाइजर पक्राउ


0
Shares

आयोगका अनुसार सामाजिक परिचालक गुरुङले गाउँ–नगर साझेदारी कार्यक्रमको रु दुई लाख १२ हजार ५४७ रकम कार्यालयमा दाखिला नगरी अपचलन गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।

यस्तै, आयोगले सोमबार नेपाल विद्युत् प्राधिकरण काभ्रेपलान्चोक पाँचखालका सुपरभाइजर दिनेश थापालाई रु २५ हजार घुस लिँदालिँदै कार्यालय परिसरबाटै पक्राउ गरेको छ ।

विद्युत् पोल विस्तारका क्रममा सेवाग्राहीसँग घुस माग्दामाग्दै सुपरभाइजर थापालाई पक्राउ गरिएको आयोगले जनाएको छ । रासस