Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


पूर्वी अफगानिस्तानमा ६० जना ‘आइएस’ लडाकू मारिए


0
Shares

आतंककारी लुकेर बसेको स्थानमा मंगलबार बिहान सबेरै भएको यस हवाई कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका हुन् ।

नान्गाहार प्रान्तको हस्का मिना जिल्लामा आइएस आतंककारी लुकेर बसेका स्थानलाई लक्षगरी मंगलबार बिहान सरकारी सुरक्षा बलले गरेको हवाई कारबाहीमा परी ६० आतंककारी मारिनुको साथै अन्य १८ जना घाइते भएका खोगीआनीले बताएका छन् ।

यस कारबाहीको क्रममा एक सर्वसाधारणको मृत्यु हुनको साथै अन्य १३ घाइते भएका बताइएको छ ।

नान्गाहार प्रान्तको पूर्वी भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । (रासस/सिन्ह्वा)