
‘मानसिक सन्तुलन गुमेका’ ४० वर्षीया शान्तकुमार राईले उनीहरुमाथि खुकुरी प्रहार गरेका थिए ।
घाइते हुनेमा स्थानीय ३३ वर्षीया रामकली राई र उनका ६ वर्षीया छोरा अर्पण राई रहेका छन् ।
बुधबार दिउँसो घरमै बसिरहेका बेला शान्तकुमारले एक्कासि उनीहरुमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका आमा–छोरालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ ।
खुकुरी प्रहार गर्ने शान्तकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्