
पक्राउ पर्नेमा खोटाङ घर भई सुनसरीको इटहरी बस्ने वर्ष २६ को सुभाष कार्की रहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता रामदत्त जोशीले जानकारी दिए ।
प्रहरीले कोटेश्वरस्थित महादेवस्थान मार्ग, पेरिसडाँडामा रहेको न्यू सुनकोशी गेष्ट हाउसको कोठा नम्बर–१०४ मा बसेको अवस्थामा उनको साथबाट एकथान रिभल्वर र त्यसको दुई राउन्ड गोली तथा एकथान कटुवा पेस्तोल र त्यसको तीन राउन्ड गोली बरामद गरेको छ ।
पक्राउ परेका कार्की यसअघि पनि विभिन्न अपराधको घटनामा संलग्न रहेको र सुनसरीको झुम्कामा रहेको कारागारमा केही समय सजाय काटेका व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्