२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा १ हजारभन्दा बढी विद्यार्थी पक्राउ


0
Shares

९० भन्दा बढी विश्वविद्यालयका विद्यार्थी सरकार विरोधी प्रदर्शनमा सहभागी भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

सरकार विरोधी आन्दोलनले उग्ररुप लिँदै गएपछि इरानका विद्यार्थीहरु पनि सडकमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ठाउँठाउँमा आगजनीसमेत गरेका थिए ।

इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म कम्तिमा २१ जनाको मृत्यु भइसकेको छ ।

मूल्यवृद्धि र भ्रष्टाचारको विरोधमा शुरु भएको प्रदर्शन चर्किंदै गएको छ । तेहेरान प्रान्तमा करिब ४ सय ५० जना पक्राउ परेका छन् ।(एजेन्सी)