२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ठगी गर्ने म्यानपावर कम्पनी ‘ब्लुस्टार ओभरसिज’का सन्चालक पक्राउ


0
Shares

महाशाखाबाट खटिएको टोलीले सिन्धुपाल्चोकका ओसन गिरीलगायत २६ जनालाई कुवेत पठाइदिन्छु भनि प्रलोभनमा पारेर ठगी गरेको आरोपमा ब्लुस्टार ओभरसिजका सन्चालक राम घिमिरे र सञ्जय उप्रेतीलाई पक्राउ गरेको हो ।

उक्त म्यानपावरले गिरीलगायत २६ जना व्यक्तिलाई कुवेत पठाउने भनी राहदानी र रु १० लाख ६५ हजार लिएको तर विदेश नपठाएको निवेदन महाशाखामा परेपछि महाशाखाले उक्त ओभरसिजमा छापा मारेको हो ।

महाशाखाको टोलीले उक्त मेनपावर कम्पनीबाट ३७१ थान राहदानी, भिषा इन्ट्रि रजिष्टर, स्वीकृति नलिएका माग पत्र बरामद गरेको छ । उक्त बरामद कागजातसहित थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको महाशाखाले जनाएको छ । रासस