२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


न्यूनतम् पारिश्रमिकको अध्यक्षमा पत्रकार पराजुली


0
Shares

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार पराजुलीलाई समितिको अध्यक्षमा दुई वर्षका लागि नियुक्त गरेको सूचना तथा सन्चार मन्त्रालयले जनाएको छ ।

समितिको रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले यसअघि खुला आवेदन गरेको र सो पदमा आठजनाको आवेदन परेको थियो । आवेदकमध्येबाट कार्ययोजना र प्रस्तुतीकरणपछि अन्तिम छनौटमा परेका पत्रकार पराजुलीलाई सरकारले समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

विगत २५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय पराजुलीले व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । पत्रकारिताका दौरानमा उनले गोरखापत्र दैनिक, कान्तिपुर दैनिक, नेपाल टेलिभिजन, नेपाल समाचारपत्रलगायत विभिन्न राष्ट्रिय र स्थानीय सन्चारमाध्यममा काम गरिसकेका छन् ।

पोखरा निवासी उनी यसअघि राष्ट्रिय समाचार समिति (रासस)का सन्चालक समिति सदस्य भइसकेका छन् । पत्रकारिताका क्रममा दर्जनौं राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भइसकेका वरिष्ठ पत्रकार पराजुलीले अमेरिका, बेलायत, चीन, भारत, दक्षिण कोरिया, हाइटी, जापान, थाइल्यान्ड, डेमोनिकन रिपब्लिकलगायत मुलुकको भ्रमण गरिसकेका छन् ।

उनले नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष भएर काम गरिसकेका छन् । रासस