Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


कक्षा–११ को परीक्षाफल ‘ग्रेडिङ’मा प्रकाशित


0
Shares

बोर्डले पहिलोपटक कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल विषयगत ग्रेडका आधारमा शनिबार सार्वजनिक गरेको हो ।

बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलका अनुसार ३ लाख ४७ हजार ७४८ जना परीक्षार्थी सहभागी परीक्षामा ७४ परीक्षार्थीको परीक्षा रद्द तथा एकजनाको स्थगीत गरिएको छ । परीक्षाफलबारे चित्त नबुझेमा १५ दिनभित्र लब्धांकपत्रको प्रतिलिपिसहित बोर्डमा निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

९० देखि एक सयसम्म ल्याउनेको बिषयको ग्रेड ‘ए प्लस’ हुनेछ । त्यसैगरी, ८० देखि ८९ सम्म ल्याउनेको ‘ए’, ७० देखि ७९ अंक ल्याउनेको ‘बी प्लस’, ६० देखि ६९ सम्मको ‘बी’, ५० देखि ५९ अंक ल्याउनेको ‘सी प्लस’, ४० देखि ४९ सम्म अंक ल्याउनेको ‘सी’, ३० देखि ३९ सम्मको ‘डी प्लस’, २० देखि २९ अंक ल्याउनेको ‘डी’ र ० देखि १९ अंक आउने विषयको ग्रेड ‘इ’ हुने बोर्डले जनाएको छ ।

‘डी प्लस’ वा त्यो भन्दा मुनी कुनै एक बिषय हुने विद्यार्थीले आगामी माघ २७ गते ग्रेड वृद्धी परीक्षामा सहभागी हुन पाउनेछन् ।

नतिजा थाहा पाउन यहाँ क्लिक गर्नुहोस्