Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


लियोनल मेसीले बनाए कीर्तिमान


26
Shares

स्पानिस ला लिगामा गएराति रियल सोसिडाडलाई ४–२ ले हराउने क्रममा एक गोल गरेका मेसीले युरोपको टप फाइभ लिगमध्ये एउटै क्लबका लागि लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन् ।

सोसिडाडविरुद्ध गोल गरेसँगै उनले बार्साका लागि लिगमा गोल संख्या ३६६ पुर्‍याएका छन् । यसका लागि उनले वायर्न म्युनिखबाट खेल्दै ३ सय ६५ गोल गरेका जर्मन गर्ड मुलरका कीर्तिमान तोडेका हुन् ।

मेसीले आफ्नो ४ सयौँ लिग खेलमा मुलरको कीर्तिमानी बराबरी गरेका थिए । मुलरले ३९ वर्षअघि राखेको कीर्तिमान तोड्दै मेसीले आफ्नो नाममा लेखाएका हुन् ।

डेढ दशकदेखि नोउक्याम्पमा खेलिरहेका मेसीले अहिलेसम्म बार्सिलोनाका लागि ६११ खेलमा ५३० गोल गरिसकेका छन् ।