
सेन्चुरियनमा जारी खेलमा पहिलो इनिङ्समा दक्षिण अफ्रिकालाई तीन सय ३५ रनमा रोकेको भारत तीन सय सात रनमै रोकियो ।
भारतका लागि कोहलीले एक सय ५३ रन बनाए । भारतका लागि दोस्रो ठूलो योगफलका रुपमा मुरली विजयले ४६ रन जोडे ।
पहिलो इनिङ्समा २८ रनले अग्रता लिएको दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा तेस्रो दिनको खेल चलिरहँदा सुरुवातमै विकेट गुमाएको छ ।
यसअघि भएको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको थियोे ।
प्रतिक्रिया दिनुहोस्