२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ललितपुरको अग्निशालामा मकर सक्रान्ति मेला सुरु, आगो लैजाने अनौठो चलन


0
Shares

पञ्चाग्नि सहित ३ सय ६५ दिन नै विभिन्न प्रकारका अग्निहरु प्रज्वलित भैरहने यस अग्निशिलामा त्रिवेणी मेला समेत लाग्ने गर्दछ ।

प्राचिनकालमा बागमती र नख्खुको दोभान रहेको विश्वास गरिने उक्त क्षेत्रमा स्नान गरिसकेपछि होम, जप तथा पूजा गर्ने परम्परा रहेको छ ।

सो अग्निशिलाको मन्दिरको गर्भ गृहमा ब्रह्मकुण्ड, विष्णुकण्ड, रुद्रकुण्ड, सूर्यकुण्ड र सभ्यकुण्ड गरी ५ वटा अग्नि कुण्डहरु रहेका छन् ।

यी कुण्डकोमुनि जलकुण्ड समेत रहेको छ ।

मन्दिरका पुजारी पूर्णचन्द्र राजोपाध्यायले अग्निशालामा नवग्रह दोष निवारणका लागि भक्तजनहरु आउने गरेको बताए ।

प्राचिनकालमा यो स्थानबाट घरयासी र धार्मिक कार्यका लागि आगो लैजाने चलन रहेको बताइन्छ ।