२६ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025


मापसे चेकजाँचपछिको पाँच बर्षमा सवारी दुर्घटना २५ प्रतिशतले बढ्यो


0
Shares

दुर्घटनामा मृत्यु हुनेको संख्या पनि झन्–झन् बढेको छ । मापसे कारबाही सुरु गर्नुभन्दा अघिका पाँच वर्षको तुलनामा सुरु गरेपछिका पाँच वर्षमा दुर्घटना र मृत्युदर दुवै बढेको छ । दुर्घटना २५ र मृत्युदर ७ प्रतिशतले बढेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार मापसे कारबाही सुरु हुनुभन्दा अघिल्लो पाँच वर्षमा काठमाडौं उपत्यकाभित्र १९ हजार ९० दुर्घटना भएका थिए ।

जसमा सात सय २२ ले ज्यान गुमाए । मापसे कारबाही सुरु गरेपछिको पाँच वर्षमा उपत्यकाभित्र २५ हजार ६ सय ३९ सवारी दुर्घटना भए । जसमा ७७१ ले ज्यान गुमाएका छन् ।

अघिल्लो पाँच वर्षको तुलनामा मापसेविरुद्ध कारबाही सुरु गरेयता ६५ सय ४९ धेरै सवारी दुर्घटना भएका छन् । मृत्यु हुनेको संख्या पनि अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा ४९ ले बढेको छ । -नयाँ पत्रिका दैनिकबाट