१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


तामाङ ल्होसार फागुन ४ गते मनाईने, माघ ४ को विदा फिर्ता लिन आग्रह


0
Shares

 

तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसारको मिति गलत भएको नेपाल तामाङ घेदुङ संघ लमजुङले जनाएको छ ।

तामाङ नयाँ वर्ष अर्थात् सोनाम ल्होछार माघ ४ गते पर्ने ज्योतिष पात्रोमा देखाइएको छ ।

ज्योतिष पात्रो अनुसार ल्होसार माघ ४ मा भनिएपनि मन्जुश्री पात्रो अनुसार फागुन ४ मा सोनाम ल्होसार परेको नेपाल तामाङ घेदुङ संघ लमजुङले जनाएको छ ।

नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारीणी समिति लमजुङका अध्यक्ष अजय तामाङले परम्परा र पात्रोसंग सम्बन्धित विषयमा अध्ययन तथा खोज नगरी सरकारले माघ ४ गतेलाई ल्होसारको विदा दिएकाले सच्याउन आग्रह गरे ।

‘भाषा, लिपी, मौलिक संस्कृतिको पहिचान, उत्पादन, निर्माण र सम्वृद्धि हाम्रो साझा अभियान’ भन्ने मुल नाराका साथ फागुन २ गतेदेखि लमजुङमा सोनाम ल्होसार मनाइने भएको छ ।

मञ्जुश्री पात्रो अनुसार यसवर्ष २८५४ औं खि ल्हो (कुकुर वर्ग) को स्वागत गर्दै माघ शुक्ल प्रतिपदाको भोलिपल्ट सोनाम ल्होसार पर्व मनाइदैछ ।