२ असार २०८२, सोमबार | Tue Jun 17 2025


बंगलादेश र म्यानमारबीच रोहिंग्या मुस्लिम शरणार्थी फर्काउने समयतालिकामा सहमति


0
Shares

म्यानमारमा भएको सहमति अनुसार म्यानमारले हरेक दिन ३ सय रोहिंग्या फिर्ता लानेछ । फिर्ती प्रक्रिया कहिलेबाट शुरु हुन्छ भन्ने स्पष्ट नभए पनि फर्किएकाहरुलाई अस्थायी बासको व्यवस्था गरिने छ । पछि उनीहरुलाई घर बनाइने छ ।

यही गतिमा फिर्ता भए बंगलादेश पलायन भएका ६ लाख ५० हजार रोहिंग्या दुई वर्षभित्र फिर्ता भइसक्ने आशा गरिएको छ ।

म्यानमारको रखाइन प्रान्तमा सेनाले कारवाही शुरु गरेपछि उनीहरु पलायन भएका थिए । रोहिंग्याका करिब ३ सय ५० गाउँ जलाइएको अनुमान छ ।

संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाले रोहिंग्याविरुद्ध गरेको कारवाहीलाई जातीय सफाया बताउँदै आएको छ । म्यानमारले भने रोहिंग्यालाई अनागरिक मान्दै उनीहरुमाथि दमन नगरेको जिकिर गरेको छ । (एजेन्सी)