
पक्राउ पर्नेमा २८ वर्षीय बोलिभियन नागरिक फ्रिडी ममानी आन्डीया र २८ वर्षीया थाई महिला खाउन्जाई खनारत रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरोले बिहीबार उनीहरुलाई ठमेलबाट पक्राउ गरेको हो । ब्यूरोले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।
कालो सुटकेसभित्र कार्बन पेपरमा बेरेर रोखेको अवस्थामा कोकिन बरामद भएको प्रहरीले जनाएको छ ।
बोलिभियन नागरिक आन्डीया ब्राजिल, इथियोपिया, भारत हुँदै नेपाल आएको प्रहरीले जनाएको छ ।
थाई महिला भने थाइल्यन्डबाट सोझै नेपाल आएको र दुवैजनाले कोकिन लेनदेन गर्न लागेको अवस्थामा होटलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसअघि, २०७३ सालमा तीन किलोभन्दा बढी कोकिनसहित बोलिभियन महिला र गत असोज महिनामा दुई किलोभन्दा बढी कोकिनसहित बोलिभियन नागरिक पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्