२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


जोकोभिच चौथो चरणबाटै बाहिरिए


0
Shares

घाइते भइ लामो समयपछि कोर्टमा फर्किएका पूर्वविश्व नम्बर–१ सर्वियन खेलाडी जोकोभिच दक्षिण कोरियाका २१ वर्षी युवा खेलाडी ह्युन चुंगसँग ७–६, ७–५ र ७–६ को सोझो सेटमा पराजित भएका हुन् ।

यो जितसँगै चुंग कुनैपनि ग्रान्डस्लामको क्वार्टरफाइनलमा पुग्ने पहिलो कोरियाली बनेका छन् । चुङले अब अमेरिकन खेलाडी टेनिस स्यान्डग्रेनसँग खेल्नेछन् ।

स्यान्डग्रेनले प्रिक्वार्टरफाइनलमा पाँचौं वरीयताका डोमिनिक थिमलाई ६–२, ४–६, ७–६, ६–७ र ६–३ ले हराएका थिए ।

पूर्वविश्व नम्बर–१ स्वीस खेलाडी रोजर फेडेरर र टमस बर्डिज पनि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।