१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


सान्चेज आर्सनलबाट म्यान्चेस्टर युनाईटेड प्रवेश, म्यान्चेस्टरका मख्तरियान आर्सनलमा


0
Shares

यसैगरी म्यान्चेस्टर युनाइटेडका अर्मेनियन मिडफिल्डर हेनरिक मख्तरीयान आर्सनल पुगेका छन् ।

सम्भवतः जनवरी ट्रान्सफर विन्डोको सबैभन्दा चर्चित ट्रान्सफरको रुपमा इङ्लिस फुटबलका दुई ठूला क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाईटेडले खेलाडी सट्टापट्टा गरेका हुन् ।

दुवै क्लबले आफ्ना पूर्व खेलाडीलाई धन्यवाद दिँदै नयाँ खेलाडीलाई क्लबमा स्वागत गरेका छन् ।

आर्सनलसँगको करार अवधि सकिन लागेका बेला म्यानचेस्टर युनाइटेडले सुरुदेखि नै सान्चेजलाई भित्र्याउन खोजेको थियो ।

आर्सनलले भने यसका लागि म्यान्चेस्टर युनाईटेडका मख्तरीयान आफूले पाउनुपर्ने माग गरेको थियो ।

खेलाडी सट्टापट्टा तथा खेलाडीसँग अनुबन्धन सहमती भएपछि दुवै क्लबले एकै समयमा यसको घोषणा गरेका हुन् ।

सान्चेजले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने छन् भने आर्सनलमा मख्तरीयानको जर्सी नम्बरको टुंगो लाग्न बाँकी छ ।

सान्चेज म्यानचेस्टर युनाइटेडबाट खेल्ने चिलीका पहिलो खेलाडी हुन् ।