
गएराति आर्सनलको मैदानमा भएको सेमिफाईनल दोस्रो लेगको खेलमा घरेलु टोली २–१ ले विजयी भयो ।
पहिलो लेगमा गोलरहित बराबरी खेलेका दुई टोलीबीच गएराती भएको भिडन्तमा चेल्सीले अग्रता लियो ।
सातौं मिनेटमै एडिन हाजार्डले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिए ।
तर १२ औं मिनेटमा एन्टोनियो रुडिगरले आत्माघाति गोल गरेपछि आर्सनलले खेलमा बराबरी गर्ने अवसर पायो ।
६० औं मिनेटमा ग्रानिट झाकाले एक गोल थप्दै आर्सनललाई विजयी गराए । जितसँगै आर्सनलले म्यान्चेस्टर सिटी विरुद्धको उपाधि भिडन्त तय गर्यो ।
पहिलो सेमिफाइनलमा ब्रिस्टोल सिटीलाई पाखा लगाउँदै म्यान्चेस्टर सिटी काराबाओ कप पनि भनिने लिग कप फुटबलको फाइनलमा पुगेको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्