२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


उपाधि दावेदार रियाल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो


0
Shares

गएराति आफ्नै मैदानमा खेलेको रियाल मड्रिडलाई लेगानेजले २-१ ले हरायो । लेगानेजलाई विजयी गराउन हेभियर ईरासो र ग्याब्रिएलले एक–एक गोल गरे ।

रियालका करिम बेन्जमाले एक गोल गरे । पहिलो लेगमा १-० ले विजयी भएको रियाल मड्रिड दोस्रो लेगमा २-१ ले पराजित भएपछि खेल समग्रमा २-२ गोलको बराबरीमा पुग्यो ।

यस्तोमा अवे गोलको आधारमा लेगानेज सेमिफाइनलमा पुगेको हो ।

दुई लेगको क्वाटरफाईनल खेलमा रियालले विपक्षी टोलीको मैदानमा एक गोल गरेको थियो भने लेगानेजले रियालको मैदानमा २ गोल गरेको थियो ।

स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको अर्को क्वाटरफाइनलमा आलाभेजलाई टाई ब्रेकरमा हराउँदै भ्यालेन्सीया पनि सेमिफाइनलमा पुगेको छ ।