२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


बार्सिलोना स्पेनिस किङ्स कप फुटबलको सेमीफाईनलमा


0
Shares

गएराति भएको क्वाटरफाईनल दोस्रो लेगको खेलमा २–० ले विजयी भएको बार्साले पहिलो लेगमा भोगेको १–० को पराजय उल्टायो । समग्रमा २–१ को जित निकाल्दै बार्सिलोना सेमीफाईनलमा पुगेको हो ।

लिभरपुलबाट यसै महिना बार्सिलोना आएका ब्राजिलियन खेलाडी फिलिप कौटिन्होले डेब्यु गरेको खेलमा बार्सालाई विजयी गराउन लुईस सुवारेज र लियोनल मेस्सीले एक–एक गोल गरे ।

गएरातिको खेलपछि स्पेनिस कप अर्थात कोपा डेल रे फुटबलको सेमीफाईनल पुग्ने सबै चार टोलीको टुंगो लागेको छ । बार्सिलोना, सेभिया, भ्यालेन्सिया र लेगानेजबीचको सेमीफाईनल भिडन्तको खेल तालिका भने सार्वजनिक हुन बाँकी छ ।