२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वरिष्ठ नेत्र चिकित्सक डा .सन्दुक रुइतलाई भारत सरकारले सम्मान गर्ने


0
Shares

प्रतिष्ठित पद्यश्री पुरस्कारबाट रुइतलाई सम्मान गर्न लागिएको भारत सरकारले जनाएको हो ।

भारतको गणतन्त्र दिवसको अवसरमा डा .रुइतलाई पद्यश्री पुरस्कारबाट सम्मान गर्ने घोषणा गरिएको हो । सस्तो मूल्यमा शल्यक्रिया गरी एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरी योगदान दिएको भन्दै उनलाई सम्मान गर्न लागेको जनाईएको छ ।

डा.रुइतको प्रविधिले मोतीबिन्दुको शल्यक्रियाको शुल्क ९० प्रतिशतले कम भएको छ भने ३० भन्दा बढी मुुलुकमा यसको प्रयोग भइरहेको छ । यही योगदानको कदर गर्दै उनलाई सन् २००६ मा रामोन म्यागासेसे पुरस्कार प्रदान गरिएको थियो ।