
बनगाई–गोरुसिंगे बीच जंगल हरकुर खोला नजिक तिलौराकोट सामुदायिक वनमा आइतबार मानव कंकाल फेला परेको हो । वनमा दाउरा खोज्न जानेहरुले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल पुगेको प्रहरी र सञ्चारकर्मीको टोलीले कंकाल नजिक २ वटा मोबाईल र टाउकोको अवशेष फेला पारेका छन् ।
घटनास्थलको प्रकृति अनुसार चप्पल र कपडाको आधार महिला र पुरुषको कंकाल हुनसक्ने अनुमान गरिएको छ । बरामद मोबाईलको आधारमा प्रहरीले गरेको अनुसन्धानमा कंकाल रुपन्देही शुद्धोघन गाउँपालिका वडा नं १ सिसेनियाका अन्दाजी ३५ वर्षीय दशरथ मल्लाह र सैनामैना नगरपालिका,१ की मन कुमारी सुनुवार हुनसक्ने प्रहरीको भनाइ छ ।
एउटा मोबाईलमा भएको नम्बरका आधारमा जानकारी लिदा रुपन्देही सैनामैना घर भएको र निज महिलाको श्रीमानले इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियामा आफ्नी श्रीमती हराएको र दशरथ मल्लाहले लगेको भनेर दिएको निवेदनको आधारमा कंकाल उनीहरुको नै हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्