२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


थ्रीस्टार सेमिफाइनलमा


0
Shares

सोमबार भएको खेलमा थ्रीस्टारले सशस्त्रलाई ‘टाइब्रेकर’मा ५–३ ले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

निर्धारित् ९० मिनेट र थपिएको समयमा दुवै पक्षबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो ।

पेनाल्टी सुटआउटमा थ्रीस्टारका रन्जित धिमाल, विक्रम लामा, निराजन खड्का, सुनिल बल र विजय धिमालले गोल गरे ।

सशस्त्रका नवीन लामा, अन्जन विष्ट र रन्जन विष्टलेमात्र गोल गरे ।

खेलको ‘म्यान अफ द म्याच’ थ्रीस्टारका गोलरक्षक एलेन न्यौपाने घोषित भए ।

थ्रीस्टारले अब सेमिफाइनलमा बंगलादेशको उत्तर बरिन्धरा क्लबसँग खेल्नेछ ।

प्रतियोगिताअन्तर्गत् मंगलबार नेपाल पुलिस क्लब र मनाङ–मर्स्याङ्दी क्लबबीच खेल हुने आयोजक सहारा क्लबले जनाएको छ ।