
अमेरिकी गुप्तचर निकाय सीआइएका निर्देशक माइक पोम्पेओले यस्तो आशंका गर्दै रुसी हस्तक्षेप रोक्ने प्रयास भइरहेको बताएका छन् ।
अमेरिकामा स्वतन्त्र र निष्पक्ष चुनाव हुने उनको विश्वास छ । अमेरिकी गुप्तचर निकायहरू अघिल्लो वर्षको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको विश्वास गर्छन् ।
सीआईए निर्देशक पोम्पेओले अमेरिका लगायत युरोपेली मुलुकका सरकारलाई कमजोर बनाउने रुसी प्रयासमा कुनै कमी नआएको बताए । आतंकवाद विरोधी अभियानमा रुससँग साझेदारी भए पनि मुख्य रूपमा अमेरिकाको प्रतिद्वन्द्वी रुस नै भएको उनको भनाइ थियो ।
पोम्पेओले अबको केही महिनामै उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने परमाणु हतियार विकास गर्न सक्ने जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्