२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारत फाइनलमा


0
Shares

मंगलबार न्यूजिल्यान्डको क्राइस्टचर्चमा भएको सेमिफाइनलमा पाकिस्तानमाथि २०३ रनको फराकिलो जित हासिल गर्दै भारतले फाइनलमा ठाउँ बनाएको हो ।

पहिले ब्याटिङ गरेको भारतले शुमन गिलको अविजित १०२ रनको मद्दतले ९ विकेटको क्षतिमा २७२ रन बनाएको थियो ।

जवाफमा पाकिस्तान २९ ओभर ३ बलमा अलआउट हुँदै ६९ रनमै समेटियो ।

अब उपाधिका लागि भारतले शनिबार अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलियाले सोमबार अफगानिस्तानलाई ६ विकेटले हराउँदै फाइनलमा ठाउँ बनाइसकेको छ ।