२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चितवन च्याम्पियनसिपमा माडीको विजयी सुरुआत


0
Shares

प्रतियोगिताको उद्घाटन खेलमा बसन्तपुर युनाइटेड क्लब माडी विजयी भयो । माडीले हर्दी युवा समाज भन्डारालाई १–० ले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा कुनै गोल हुन सकेन । खेलको ५५औं मिनेटमा माडीका विदेशी खेलाडी अबु वकरले गरेको एकमात्र गोल नै जितमा निर्णायक बन्यो ।

प्रतियोगिताअन्तर्गत् बुधबार नारायणगढ फुटबल क्लब र रामनगर फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २२२ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् ।

आयोजक एभरेस्ट क्लब भरतपुरकाअनुसार प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन मंगलबारै एक कार्यक्रमकाबीच चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले गरेका थिए ।