१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


काठमाडौंमा पक्राउ परेका नक्कली डाक्टरहरु अधिकांश चिनियाँ


0
Shares

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज(बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका मध्य १३ जना चिनियाँ, एक जना अष्ट्रेलियन र ३ जना अस्पताल संचालक नेपाली रहेको जनाएको हो ।

मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा गत सोमबार पाँच वटा निजी अस्पतालमा छापा मारेर १७ जनालाई पक्राउ गरिएको थियो ।

उनीहरुले नेपालमा काम गर्न अनुमति नलिएको र मेडिकल काउन्सिलले लिने परीक्षा पनि पास नगरेको पनि प्रहरीले जनाएको छ ।

सीआइबीले एपोलो अस्पताल, ठमेलका सञ्चालक मीना कुमारी श्रेष्ठ सहित ८ जना चिनियाँलाई पक्राउ गरेको थियो भने सीआईडब्लूईसी अस्पतालबाट अष्ट्रेलियन र अस्पताल सञ्चालक प्रतिभा पाण्डेलाई पक्राउ गरेको थियो ।

यस्तै चाइना ग्रेट वाल हेल्थ सेन्टर, बौद्धबाट दुई चिनियाँ र सञ्चालक नारायण तिमिल्सिनालाई पक्राउ गरिएको र चाइना पिपुल अस्पताल बौद्धबाट दुई चिनियाँ र चाइना डेन्टल हस्पिटलबाट एक चिनियाँलाई पक्राउ गरिएको थियो ।

उनीहरुलाई ठगीको अभियोगमा अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।