
फाइल तस्वीर ।
तस्बिरः रमन सिवाकोटी
माघ २५ गतेदेखि नामिबियामा हुने प्रतियोगिताको तयारीका लागि युएई पुगेको नेपाली टोलीले युएईसँग तेस्रो तथा अन्तिम अभ्यास खेल खेलिरहेको हो ।
यसअघि भएको पहिलो तथा दोस्रो अभ्यास खेलमा नेपालले क्रमशः २५ तथा १९३ रनको जित निकालेको थियो ।
पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली आइतबार नामिबिया प्रस्थान गर्ने छ ।
६ टोली सहभागि डिभिजन टु प्रतियोगिताको शीर्ष २ स्थानमा पर्ने राष्ट्रले एक दिबसिय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्