
आईतबार धरान रंगशालामा भएको प्रतिश्पर्धात्मक खेलमा आयोजक धरान फुटबल क्लवलाई सडन डेथमा १–० गोल अन्तरले पराजित गर्दै दुर्गापुरले अन्तिम चारमा सिट सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेटको समयमा २–२ को बाराबरी भएपछि १५ मिनेटको समय थप गरिएको थियो । थप गरिएको अतिरिक्त समयमा दुबै टिमले गोल गर्न सकेनन् । त्यसपछि टाईब्रेकरमा गएको खेलमा पनि दुबैतर्फ ३–३ गोलको बराबरी भएपछि दुर्गापुरले सडन डेथमा बाजी मार्यो ।
सडन डेथमा भारतका मनिश थापाले गोल गरे भने नेपालका सुवास केसी गोल गर्नबाट चुके ।
खेलको म्यान अफ दि म्याच भारतका बाबुलाल हस्दा घोषित भए ।
प्रतिक्रिया दिनुहोस्