
प्रतियोगिताको तेस्रो खेलमा पुलिसले सोमबार काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।
पुलिसलाई जिताउन ‘म्यान अफ द म्याच’ घोषित सुमन लामाले ६४औं मिनेटमा एक गोल गरे । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
त्यसअघि, खेलको २०औं मिनेटमा काँकडभिट्टाका विकास थुलुङले एक आत्मघाती गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत् मंगलबार थ्रीस्टार क्लब र सुदूरपश्चिम–११ बीच खेल हुने आयोजकले जनाएको छ ।
८ टिमले भाग लिएको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्