Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


जनप्रतिनिधीलाई शासन चलाउने पद्धति सिकाइयो


0
Shares

यहि अस्पष्टतालार्इ प्रस्ट पार्नका लागी सल्यानको दार्मा गाउँपालिकामा स्थानीय शासन सञ्चालन सम्बन्धि तीन दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखिकरण पश्चतात जनप्रतिनीहरुहरुले बिज्ञमार्फत आवश्यक ज्ञानसीप र नीतिगत ब्यबस्थाबारे जानकारी प्राप्त गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष अरुण देवकोटाले जनताको काम गर्न र सेवा दिन पहिले आफै सक्षम बन्नुपर्छ भनेर आयोजना गरिएको अभिमुखिकरणले धेरै सहयोग गरेको बताए ।

उनले भने ‘नयाँ संरचनामा मुलुक अघि बढ्यो । सोही अनुसार हामी पनि चुनियौ, तर कार्यसंचालन गर्दा भने ठाउँठाउँमा कठिनाई आउने स्थिती देखियो, अभिमुखिकरण पश्चत ती कठीनाइ हट्ने हाम्रो अपेक्षा छ ।’

नेपालको शासन प्रणाली, स्थानीय तह र स्थानीय तहका काम, कर्तब्य र अधिकारबारे भएका नीतिगत ब्यबस्था, स्थानीय सरकार संचालन सम्बन्धी ब्यबहारिक दक्षता, स्रोतसाधनको परिचालन, नियमित कार्यसम्पादन, सकरात्मक सोँच लगायतका बिषयबस्तुमा अभिमुखिकरण पाएपछि धेरै अन्यौलता हटेको वडा नम्बर ६ का अध्यक्ष दुर्गा बहादुर मल्लले बताए ।

अभिमुखिकरणमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। मीन बहादुर श्रेष्ठ, बरिष्ठ चार्टर एकाउन्टेन्ट जनक बराल, गाउँपालिका महासंघ ६ नं प्रदेशका संयोजक कविन्द्र केसी, सल्यानका प्रमुख जिल्ला अधिकारि परमानन्द घिमिरे, खानेपानि डिभिजन ईन्जिनियर गुणनिधि पोखरेल, सरकारी वकिल वासुदेव शर्मा, पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक शर्मा, योगगुरु केशवराज बस्नेत लगायतकाले अभिमुखिकरण गरेका थिए ।

गत माघ १७ देखि १९ सम्म अधिमुखिकरण चलेको र अभिमुखिकरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यहरु गरि ३२ जना जनप्रतिनिधीहरु सहभागी भएका थिए ।