२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘धुर्मुस-सुन्तली’ले निर्माण गरेको बस्तीको साँचो समुदायलाई हस्तान्तरण


0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक कार्यक्रमकाबीच बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण मण्डललाई बस्तीको साँचो हस्तान्तरण गरिन् ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प–प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले हस्तान्तरण गरिएकोे हो ।

गत असोज ४ मा शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब घर, भ्यू टावरसमेत निर्माण भएका छन् ।

गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुवानमा परेपछि धुर्मस-सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो ।

करिव ५ करोड ९६ लाख रुपैयाँको लागतमा निर्माण भएको सो बस्तीमा कलाकार धुर्मस दिनरात आफैं खटेर काम गर्दै आएका थिए ।

एकीकृत नमुना बस्ती अपांगमैत्री, बालमैत्री र वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको छ । धुर्मस–सुन्तली फाउन्डेसनको यो चौथो परियोजना हो ।