
उच्च प्रविधियुक्त मेसिनद्वारा ईट्टा उत्पादन गर्ने पूर्वाञ्चलकै यो पहिलो उद्योग हो ।
केही महिनाअघि मजदुर नआउँदा उद्योगले करीब १२ लाख रुपैयाँ घाटा ब्यहोर्नुपरेपछि सञ्चालक दुर्गानन्द साहले ‘ब्रीक मेकिङ्ग मेसिन’ जडान गरेर उत्पादन थालेका हुन् ।
१ करोड ५० लाखको लागतमा खरिद गरिएको उक्त मेसिनले प्रतिघण्टा १२ हजार ईट्टा बनाउन सक्ने जनाइएको छ ।
मेसिन सञ्चालनमा आएपछि मजदुर खोज्ने झन्झट सकिएको र आकर्षक बनावटका कारण मागमा पनि वृद्धि भएको सञ्चालक साहको भनाइ छ ।
मेसिन सञ्चालन गर्न तीन जना मजदुर भए पुग्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्