
नारायणगढबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६९५३ नम्बरको दूधको ट्यांकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
मृतकमध्ये चालक नवलपरासीका सन्तकुमार कुमालको मात्र सनाखत भएको छ ।
ट्यांकर सडकबाट करिव १ सय मिटर तल खसेको र पानीमा थोरै भाग देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ट्रक सडकको कुनातर्फको नालीमा खसेको छ । शसस्त्र प्रहरी र जनपथ प्रहरीको सहयोगमा शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्