
पक्राउ पर्नेमा धनुषा जिल्लाको यज्ञभूमि–९ बस्ने २७ वर्षीय किरण राई रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए ।
काठमाडौंबाट आएका युवक राईलाई बर्दिबासको भोला–वसन्तचोकमा शंका लागि प्रहरीले जाँच गर्दा उनले लगाएको ज्याकेटको भित्री खल्तीबाट ८ तोला सुन बरामद भएको प्रनाउ पोखरेलले बताए ।
उनले काठमाडौंबाट तस्करी गरी ल्याएको करिब रु पाँच लाख मूल्यको सो सुन बर्दिबासमै बेच्ने उद्देश्यले आएकाबेला प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।
सुनसहित पक्राउ परेका युवक राईलाई आवश्यक कारबाहीका लागि क्षेत्रीय राजश्व कार्यालय पथलैया पठाइएको इप्रका बर्दिबासले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्