
बिहीबार राजधानीमा आयोजित कार्यक्रमका सहभागीहरुले ठाउँठाउँमा ८ लेनको सडक पार गर्ने संरचना, ट्राफिक बत्ती, जेब्राक्रसिङलगायत बनाउनुपर्ने तथा सवारी गति ५० किमि प्रतिघन्टाबाट घटाउनुपर्ने बताए ।
कार्यक्रममा सरोकारवालाहरुले पहिलेको डिजाइनमा साइकल लेन भएपनि सडक निर्माणकाक्रममा साइकल लेनको निर्माण नगरिएको भनाइ राखे ।
सडकमा मिडियन, जेब्राक्रसिङलगायतका आवश्यक पूर्वाधारहरु नबानाइए दुर्घटना बढ्नसक्ने पनि उनीहरुले बताए ।
कार्यक्रममा सडक विभागका वैदेशिक महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले निर्माणधीन कोटेश्वर–कलंकी सडकखन्डका समस्यालाई ध्यान दिँदै ९ स्थानमा आकाशेपुल निर्माण हुने बताए ।
प्रतिक्रिया दिनुहोस्