
भारतीय संचारमाध्यमका अनुसार पाकिस्तानी गुप्तचर एजेन्सी ‘आइएसआइ’ का लागि जासुस गर्दै आएको समूहले भारतीय वायुसेनाका अधिकारीलाई फेसबुकमार्फत जालमा पारेर गोपनीय दस्तावेज हासिल गरेको हो ।
अरुण मारवाह नाम गरेका भारतीय वायुसेनाका ती ‘ग्रुप क्याप्टेन’माथि करिब १० दिन लामो अनुसन्धान गरी यो तथ्य प्रकाशमा आएको अधिकारीहरुको भनाइ छ । उनलाई बिहीबार हिरासतमा लिइएको छ ।
प्राप्त विवरणअनुसार गत वर्ष डिसेम्बरमा दुईवटा नक्कली प्रोफाइलमार्फत मारवाहसँग जासुसले सम्पर्क गरेका थिए । ती दुवै प्रोफाइल युवतीको नाममा थिए । उनीहरुले आफूलाई मोडल बताउँदै आएका थिए ।
मित्रता बढ्दै जाँदा मारवाहले उनीहरुसँग अन्तरङ्ग वार्ता गर्न थालेका थिए । एक साताभन्दा लामोसमय यसरी अन्तरङ्ग वार्ता भएको बताइन्छ ।
पछि उनीहरुले मारवाहसँग वायुसेना मुख्यालयमा रहेका महत्वपूर्ण दस्तावेजका तस्वीर मागेको र मारवाहले आफ्नो मोबाइलमार्फत उनीहरुलाई त्यस्ता दस्तावेज उपलब्ध गराएको भारतीय अधिकारीहरुको दावी छ ।
केही तालिम र युद्धसम्बन्धी तयारीका विविध जानकारीसमेत उनले उपलब्ध गराएको बताइन्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्