शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले शंकराचार्य छनोटको प्रक्रिया लामो हुने भन्दै प्रक्रिया टुंगिइनसकेको बताइन् ।
उनले अखडा परिषद्बाट आफूलाई शंकराचार्यको नियुक्तिका लागि तयार रहन खबर आएको तर औपचारिक घोषण हुन भने बाँकी रहेको प्रस्ट गरिन् ।
पत्रकार सम्मेलनमा उनले भारत धर्म महामन्डल र कासी विद्वत् परिषदलाई नेपालमा पनि मठ कायम गर्नुपर्ने प्रस्ताव राखेको बताइन् ।
उनले शंकराचार्य नियुक्तिको प्रक्रिया टुंगो लागेपछि आफूले पशुपतिनाथ प्रांगणमै रुद्राभिषेक गराउने प्रस्तावसमेत राखेको बताए । शंकराचार्यमा नियुक्त भएपनि आफू धेरै समय नेपालै पनि उनले स्पस्ट पारिन् ।
हिन्दूधर्मको सर्वोच्च पद शंकराचार्यमा नियुक्त भए ५० वर्षीया साधवी गिरीले भारत, उत्तराखन्डमा रहेको शंकराचार्य ज्योर्तिमठ बद्रीका आश्रमको नेतृत्व गर्नेछिन् ।
नागा अघोर परम्पराबाट दीक्षित गिरी झापाको गौरीगन्जस्थित वैदिक सूर्य शिवालय मठकी प्रमुखसमेत हुन् ।










प्रतिक्रिया दिनुहोस्