
स्थानीय बुद्ध धर्मावलम्बीसहित भिक्षुहरुले बुद्धको प्रतिमा स्थापना गरेका हुन् । यसअघि बुद्धको प्रतिमासहितको पदयात्रा गरिएको थियो ।
समाजसेवी मणिकरत्न शाक्यको ७३ औं जन्मोत्सवका अवसरमा १६ जना मुख्य भिक्षुबाट महापरितान पाठ गरिएको हो ।
गौतमबुद्धको बाणी उपदेशसहित आज दिनभर महापरितान पाठ गरिने गरिने छ । महापरितान पाठ श्रवणबाट सम्पूर्ण दोष मुक्त हुने र शान्ति मिल्ने बिश्वास गरिन्छ ।
भिक्षु महासंघको आयोजनामा गरिएको महापरितान पाठ मुख्य भिक्षु पुन्नले गरेका छन् । बौद्ध धर्मवालम्बीहरुले विशेष महत्वपूर्ण अवसरमा महापरितान पाठ गर्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्