
काठमाडौं । जापानमा अमेरीकी सेनाको दुईवटा लडाकु विमान आपसमा ठोक्किंदा ६ जना वेपत्ता भएका छन् ।
आकाशमा उडिरहेको अवस्थामा तेल भर्ने अभ्यास चलिंरहँदा अमेरीकी हवाई सेनाको दुई लडाकु विमान ठोक्किएका हुन् ।
अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित अमेरीकी सेनाको आधारबाट उडेका के.सी वान थर्टी र एफ.एटिन लडाकु विमान दुर्घटनामा परेका हुन् ।
जापनको समुद्री किनारबाट झण्डै ३ सय २० किलोमिटर टाढा दुर्घटना भएको बताइएको छ ।
दुईटनास्थलबाट एक जना सैनिकको उद्दार गरिएको छ भने बाँकी ६ सैनिक हराईरहेका छन् ।
वेपत्ता सैनिकहरुको खोजी कार्य जारी छ । उद्धारका लागि जापानले पनि चार वटा विमान र तीन पानी जहाज परिचालन गरेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्