२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


त्रिशुलीमा जीप खसेर मृत्यु भएका सचिव यादवको गृहजिल्लामा अन्त्येष्टि


0
Shares

कृष्णनगर नगरपालिका–८ डिहवा गाउँका यादवको सोही नगरपालिकाको वडा नं. ५, सुरही नदीमा अन्त्येष्टि गरिएको हो ।

स्वर्गीय यादवका जेठा दाजु छेदी प्रसाद यादवले उनलाई दागबत्ती दिए । सो अवसरमा सशस्त्र प्रहरीको टोलीले सलामी अर्पण गरेको थियो ।

अन्त्येष्टिमा सिंचाई मन्त्री संजय कुमार गौतम, सिंचाइ राज्यमन्त्री अमर सिंह पुन, सांसद अभिषेक प्रताप शाह, कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह, प्रदेशसभा सांसद अर्जुन केसी, पूर्व मन्त्री ईश्वर दयाल मिश्रलगायत ठूलो संख्यामा स्थानीयवासी सामेल थिए ।

शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा२झ ३१४० नं.को गाडी पृथ्वी राजमार्ग अन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो । बिहान करिब ११ बजेतिर सचिव यादव मृत भेटिएका थिए ।

पिता महावीर यादव र माता धन्जावती यादवका तीन छोरामध्ये सचिव यादव माहिला छोरा थिए । यादवको श्रीमती कमला यादव र तीन छोरी छन् ।