४ असार २०८२, बुधबार | Thu Jun 19 2025


शरणार्थी महिला र बालबालिका यौन दुर्व्यवहारको शिकार, राष्ट्रसंघको चासो


0
Shares

यसरी शरण मागेर शिविरमा बस्ने गरेका महिला र बालिकामाथि यौनहिंसा तथा यौनजन्य दुर्व्यवहार बढ्ने गरेको पाइएको राष्ट्रसंघीय शरणार्थी नियोग ‘युएनएचसिआर’ले जनाएको छ ।

हालै गरिएको एक सर्वेक्षणमा उनीहरुमाथि यस्तो दुर्व्यवहार हुने गरेको पाइएको छ । उक्त नियोगकै संलग्नतामा हालैमात्र ग्रिसमा रहेको शरणार्थी शिविरमा गरिएको एक अनुसन्धानबाट यस्तो अवस्था देखिएको थियो ।

उक्त नियोगले भनेको छ, ‘हामीले हालै पाएको यस्तो अवस्थाबाट हामी निकै चिन्तित छौँ र यसको निराकरणका लागि सबैको उत्तिकै सहयोगको अपेक्षा गरेका छौँ ।’

उक्त नियोगले यो अवस्थाको निराकरणका लागि सरकारलाई नै आग्रह गरेको छ । सन् २०१७ मा यस्तो सर्वेक्षण गरिएको थियो ।

नियोगका अनुसार ग्रिसको ग्रिस एजिङ टापूमा रहेका शरणार्थी शिविरहरुमा यस्तो अनुसन्धान गरिएको थियो । अनुसन्धानमा सहभागी भएका ६२२ जना आप्रवासी शरणार्थीमध्ये २८ प्रतिशतले आफूहरुमाथि यौनजन्य हिंसा र लैंगिक हिंसा गरिएको बताएका थिए ।

यस्तो प्रतिवेदनले नियोगलाई निकै चिन्तित तुल्याएको भन्दै ती बेसहाराहरुको अधिकार संरक्षणका लागि सरकारले विशेष ख्याल गर्नुपर्नेमा युएनएचसिआरका प्रवक्ता सिसिले पाउलीले बताए ।

शरणार्थी शिविरहरुमा सुरक्षा र न्युनतम आवश्यकताको परिपूर्तिका लागि मापदण्डहरु बनाएर कामगर्न पनि उनको आग्रह छ ।

ती शिविरहरुमा कम्तीमा पनि ५ हजार ५०० जना शरणार्थी बसेका छन् । उनीहरु ती शिविरको क्षमताभन्दा बढीको संख्याका हुन् । त्यसैले गर्दा पनि उनीहरुको अवस्था सुधारका लागि ध्यान दिनुपर्ने उक्त नियोगले जनाएको छ ।

अनुसन्धानमा संलग्न भएका महिला र बालिकाहरुले आफूहरुमाथि यौनजन्य हिंसा हुने गरेको र लैंगिक विभेदका पनि कैयौँ घटना सहनुपरेको धारणा राखेका थिए ।

विभिन्न देशमा असुरक्षा, आन्तरिक द्वन्द्व, गरिबी तथा अरु विविध कारणले गर्दा नागरिकहरु देश छोडेर भाग्नु परिरहेको छ । उनीहरु युरोपका विभिन्न देशमा शरणार्थीका रुपमा बसिरहेका छन् । (रासस/सिन्ह्वा)