Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


फरार अपराधी २० वर्षपछि पक्राउ


0
Shares

रुपन्देही जिल्लाको साविक हर्नैया गाविस–२ हाल सियारी गाउँपालिका–३ की चन्द्रावती थारुलाई वि.सं. २०५३ जेठमा कर्तव्य गरी मारेको अभियोगमा रुपन्देही जिल्लाको साविक सिक्टहन गाविस–६ (हाल देवदह नगरपालिका–१२) बस्ने वर्ष ५० को राधेश्याम जैसवाल कलवारले भैरहवामा आफ्नो वास्तविक परिचय लुकाइ बसोबास गरेको अवस्थामा प्रहरीले विशेष सुराकीको आधारमा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई सर्वोच्च अदालतले वि.सं. २०६५ भदौ २३ मा भएको फैसलामा सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । रासस