Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


म्याग्दीमा भेटियो यस्तो गुफा


0
Shares

२० मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घरलगायत आकृति रहेका स्थानीयवासीले बताएका छन् ।

पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भएपनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको छ ।

गुफाकोबारेमा जिल्लाभित्र र अन्य ठाउँमा जानकारी नभएकाले ओझेलमा परेको कुहुँका बासिन्दा एवं शिक्षक डकबहादुर रोकाले बताए । गुफाकोबारेमा प्रचार–प्रचार हुन नसकेको रोकाको भनाइ छ ।

स्थानीयवासी र छिमेकी वडाका विद्यालयबाट शिक्षक र विद्यार्थी गुफाको अवलोकन गर्न आउने गरेका छन्

‘गुफाकाबारेमा धेरैलाई जानकारी छैन’–रोकाले भने–‘व्यवस्थित पदमार्ग निर्माण गरी प्रचार–प्रसार गर्ने हो भने गुफा जिल्लाकै पर्यटकीय गन्तव्य बन्नसक्छ ।’

एउटै गुफाभित्र रहेका धेरै आकर्षक कलाकृतिले कठिन पैदलयात्रा गरेर त्यहाँ पुग्दाको नरमाइलो क्षण बिर्सिएको गुफाको अवलोकन गरेर फर्कनुभएका रञ्जीत रोकाले बताए ।

सदरमुकाम बेनीबजारदेखि करिब तीन घन्टाको पैदलयात्रापछि पुगिने सो गुफाको संरक्षण गर्नतर्फ सरोकारवालाको ध्यान जान सकेको छैन ।

पर्यटकीय सम्भावना भएरपनि भौतिक पूर्वाधार र प्रचार–प्रसारको अभावमा सो गुफा ओझेलमा परेको स्थानीयवासी बताउँछन् । रासस