२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अमेरिकी डेमोक्र्याट्स नेताहरुद्वारा राष्ट्रपति ट्रम्प र सभामुख रायनको आलोचना


0
Shares

बन्दुक राख्न पाउनेसम्बन्धी कानूनबारे छलफल गराउन अस्वीकार गरेको भन्दै उनीहरुले आलोचना गरेका हुन् । पछिल्लो पटक फ्लोरिडाको एउटा विद्यालयमा एक पूर्व विद्यार्थीले अन्धाधुन्ध गोली हानी १७ जना विद्यार्थीको हत्या गरेको भोलिपल्ट उनीहरुले आलोचना गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले विद्यालयहरुलाई सुरक्षित तुल्याउनु आफ्नो प्रशासनको मूख्य प्राथमिकता हुने बताए पनि बन्दुक राख्न पाउनेसम्बन्धी कानूनको समीक्षा गर्न कंग्रेसले गरेको माग सम्बोधन नगरेको भन्दै डेमोक्रेट्सहरु रिसाएका हुन् । बन्दुक राख्न नदिएको भए फ्लोरिडामा निकोलस क्रुजले आक्रमण गर्नै नसक्ने बन्दुकविरुद्ध अभियानमा रहेकाहरुको भनाइ छ । (एजेन्सी)