२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


हात्तीपाइलेको औषधि खुवाउने तयारी


0
Shares

फागुन १३ गतेदेखि १५ गतेसम्म जिल्लाका एक लाख ४७ हजार जनालाई औषधी खुवाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । धनकुटामा जनसङ्ख्याको २ दशमलव ५ प्रतिशतमा हात्तीपाइलेको संक्रमण पाइएको छ ।

औषधी वितरणका लागि धनकुटामा चार सय ८० केन्द्रमा दुईसय ४४ स्वास्थ्यकर्मी र नौ सय ३० जना स्वयंसेवक परिचालन हुनेछन् ।

६ बर्षदेखि हात्तीपाइले विरुद्धको औषधि नियमित खुवाईदै आएको छ ।

सन् २०२० सम्ममा विश्वबाटै हात्तीपाइले रोग उन्मुलन गर्ने लक्ष्यका साथ नेपालमा सन २००३ देखि निःशुल्क औषधि वितरण हुँदै आएको जिल्ला अस्पतालले जनाएको छ । दुई वर्ष नपुगेका बालबालिका, गर्भवती महिला एवं दीर्घरोगीलाई भने औषधि खुवाउन नहुने बताइएको छ ।