Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


जीवित मृगसहित ७ जना समातिए


0
Shares

संरक्षित वन्यजन्तुअन्तर्गत् पर्ने मृग लुकाइ–छिपाइ निर्यात गर्न लागिएको आशंकामा प्रहरीले गत मंगलबार विगु गाउँपालिका–४, सिंगटीबाट सातजनालाई पक्रेको हो ।

पक्राउ पर्नेहरुमा दोलखा, कालिन्चोक गाउँपालिका–३ का २१ वर्षीय दावाछिरिङ शेर्पा, ३२ वर्षीय जगदीश शिवाकोटी, ३२ वर्षीय खुमप्रसाद शिवाकोटी, कालिन्चोक गाउँपालिका–७ बस्ने २७ वर्षीय रमेश श्रेष्ठ, २४ वर्षीय कुमार श्रेष्ठ, भीमेश्वर नगरपालिका–५ का १७ वर्षीय बिकी दास र २२ वर्षीय रुपक बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा मंगलबार राति ९ बजेतिर लामाबगरको गोंगरखोलाबाट सिगंटीतर्फ आउँदै गरेको बा४ख २१६ नम्बरको ट्रकको पछाडि लुकाइ राखेको अवस्थामा खैरो रङको दुईसिङे जीवित मृग फेलापरेको प्रहरी निरीक्षक प्रधानले बताए ।

जीवित मृगसहित पक्राउ परेका सातैजनालाई आवश्यक कारबाहीका लागि गौरीशंकर संरक्षण क्षेत्र दोलखामा बुझाइएको प्रहरीले जनाएको छ ।