५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


इरानमा विमान दुर्घटना, ६६ जनाको मृत्यु


0
Shares

असेमन एयरलाइन्सको विमानमा ६० यात्री, दुई सुरक्षाकर्मी र चालक दलका चार सदस्य सवार थिए । सो एयरलाइन्सले आफ्नो विमान दक्षिणी इरानमा दुर्घटना भएको र सबै यात्रीको मृत्यु भएको जनाएको छ ।

एयरलाइन्सका प्रवक्ता मोहम्मद ताघी टाबाटबइले इरानको टेलिभिजनलाई दिएको जानकारीअनुसार विमानमा सवार सबैको मृत्यु भएको छ ।

उडान भरेको केही बेरमै सो विमान राडारबाट गायव भएको थियो ।

समाचार एजेन्सीहरुका अनुसार विमान इस्फहान प्रान्तको सेमिरोम सहर नजिकै पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।

उद्धारका लागि पठाइएको एउटा हेलिकोप्टर खराब मौसमका कारण अवतरण गर्न नसकेको जनाइएको छ । (एजेन्सी)