२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


आर्मी हेटौंडा गोल्डकपको सेमिफाइनलमा


0
Shares

सोमबार भएको खेलमा सुदूरपश्चिम–११ लाई ‘टाइब्रेकर’मा ५–४ ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो ।

खेलको ६९औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ८२औं मिनेटमा सुदूरपश्चिमका विनोद केसीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

त्यसपछि निर्धारित् समयमा थप गोल नहुँदा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा आर्मीले ५ गोल गर्‍यो भने सुदूरपश्चिमले ४ गोलमात्र गर्न सक्यो ।

खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका गोलरक्षक विकेश कुथु घोषित भए ।

प्रतियोगिताअन्तर्गत् मंगलबारको खेल थ्रीस्टार क्लब र संकटा क्लबबीच हुने जनाइएको छ ।