
काठमाडौं, मंसिर १७ । श्रीलंकाको एक अदालतले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीकारूपमा काम नगर्न सोमबार आदेश दिएको छ ।
पुनरावेदन अदालतले अन्तरिम आदेश जारी गर्दै राजापाक्षे र उनको सरकारका मन्त्रीहरुलाई काम नगर्न आदेश दिएको हो ।
राजापाक्षेविरूद्ध १२२ जना विपक्षी सांसदहरूले हालेको रिटको सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
गत अक्टोबर २६ मा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई हटाएर पूर्वराष्ट्रपति राजापाक्षेलाई नियुक्त गरेपछि श्रीलंकामा राजनीतिक संकट उत्पन्न भएको थियो ।
राजापाक्षे र विक्रमासिंघे दुवैले आफू नै प्रधानमन्त्री भएको दाबी गर्दै आएको बेला अदालतको यो आदेश आएको हो ।
दुई प्रधानमन्त्री हुँदा सरकारले नयाँ वर्षदेखि लागू हुने बजेट बनाउन सकेको छैन ।
अदालतको आदेशसँगै राष्ट्रपति सिरिसेना थप अप्ठेरोमा पर्ने विश्लेषण गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्